कांग्रेस संसदीय दलको बैठक आज बस्ने

तु खबर संवाददाता
२०८१ असार ८,शुक्रबार ०८:५४
file-photo

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।

त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार, बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुनेछ ।