तीन संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार ८,शुक्रबार ०९:१८
file-photo

काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक आह्वान गरिएको हो ।

जसअन्तर्गत मध्यान्ह सवा १२ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । सो बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा सङ्घका प्रतिनिधिहरूसँग छलफल हुनेछ ।

यस्तै, दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा पुरानो संसद् भवनको पुनर्निर्माण सम्बन्धमा, निर्माणाधीन संसद् भवन निर्माणको प्रगति विवरण सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, मध्यान्ह १२ बजे संसदीय सुनुवाइ समितिको बस्नेछ । सो बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुनेछ ।