राष्ट्रिय सभा बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार ४, मंगलवार ०९:५६
file-photo

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक पनि बस्ने गरी आह्वान गरिएको छ । बैठक बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, बैठकमा “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ ।