नेप्से १८ दशमलव ७६ अंकले घट्यो

तु खबर संवाददाता
२०८१ असार ५,मंगलवार १८:२५

काठमाडौं । नेप्से सूचक मंगलबार १८ दशमलव ७६ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक ० दशमलव ८९ प्रतिशतले घट्दै २ हजार ७६ दशमलव ४९ विन्दुमा झरेको हो ।

यस्तै, मंगलबार ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

१३ वटै उपसूचक ऋणात्मक हुँदै मंगलबार सेयर बजार नै राताम्मे भएको छ ।

आज ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको मूल्य घटेको छ । ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको जनाइएको छ ।