आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

तु खबर संवाददाता
२०८१ असार ५,मंगलवार ११:०४

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुन सोमबारकै मूल्यमा कारोबार भएको हो ।

सोमबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यसैबीच आज चाँदीको भाउ भने सोमबारको तुलनामा सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको भइरहेको छ । सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।