समाचार
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । उक्त बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार, आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न...
मकवानपुरमा लडेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.३ डोढेमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ५६ वर्षीय र्कणबहादुर ब्लोन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, ब्लोन गुम्बाबाट लेबर काम गरेर मादक पदार्थ सेवन गरी घर तर्फ फर्किने क्रममा घरबाट...
अवैध सुन र नगदसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली चारघरे डेरा गरी बस्ने चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङ पक्राउ परेका छन् । उनलाई ९९९ दशमलव ९ गोल्ड १ केजी लेखिएको अवैध सुन ६ थान र नगद ४८ लाख रूपैयाँसहित आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ । अवैध...
चैनपुर जेसीज मनहरीद्वारा ओम शान्ति भवनलाई सिमेण्ट सहयोग
मकवानपुर । चैनपुर जेसीज मनहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेमा निर्माणाधीन ओम शान्ति भवनलाई सिमेण्ट सहयोग गरेको छ । जेसीजका अध्यक्ष रविन ढकालको जन्मदिनको सन्दर्भ पारेर सोमबार एक कार्यक्रमकाबीच ओम शान्ति भवनका लागि २० बोरा सिमेण्ट सहयोग गरिएको हो । फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा संस्थालाई...
बेपत्ता पुरूषको शव भेटियो
धनगढी । बैतडीमा ३ दिनदेखि बेपत्ता एक पुरूषको शव भेटिएको छ । पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभानसिंह बिष्टको शव पाटन–पञ्चेश्वर–मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित घाङल खोलामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, उनी असार १ गतेदेखि बेपत्ता भएका थिए । बिष्टको शव खोलामा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटिएको...
कर्मचारीहरूको माग पूरा गर्न राजनीतिक दल सकारात्मक
काठमाडौं । आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न राजनीतिक दलहरू सकारात्मक भएका छन् । सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संयुक्त रुपमा आह्वान गरेको छलफलमा विभिन्न राजनीतिक दलहरु सकारात्मक भएका हुन् । छलफलमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संघीय संसद् सचिवालयका महासचिव, सचिवहरू लगायतको...
६ वटा पेट्रोलियम गाडी खरिद गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको छ । राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन खरिद गर्न लागेको हो । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग बैंकले उक्त पेट्रोलियम गाडी किन्ने भएको हो । गत वैशाख...
ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको हो । नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीका चार महिनाअघि भएको राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए । गच्छदार स्थानीय तह निर्वाचनमा उनी...
कुकुरको हत्या गर्ने तीन जना पक्राउ
इलाम । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेर हत्या गरेको आरोपमा प्रहरीले इलामबाट तीन जनालाई पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार, भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई...
एमाले मकवानपुरका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना
मकवानपुर । मकवानपुर–काठमाडौं सम्पर्क मञ्चले नेकपा एमाले मकवानपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ । उक्त मञ्चले एमाले मकवानपुरको १२ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो । काठमाडौंको बागबजारमा भएको उक्त कार्यक्रममा मञ्चका अध्यक्ष चित्र पुलामी मगरको सभाध्यक्षता एवम्...










