बेपत्ता पुरूषको शव भेटियो

तु खबर संवाददाता
२०८१ असार ४,सोमबार १७:३२
सांकेतिक तस्वीर

धनगढी । बैतडीमा ३ दिनदेखि बेपत्ता एक पुरूषको शव भेटिएको छ ।

पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभानसिंह बिष्टको शव पाटन–पञ्चेश्वर–मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित घाङल खोलामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, उनी असार १ गतेदेखि बेपत्ता भएका थिए । बिष्टको शव खोलामा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटिएको हो ।

बिष्टको हत्या गरी खोलामा फालिएको आशंका गरिएको छ ।

बिष्टको हत्या आरोपमा पाटन नगरपालिका–६ कै भागरथी बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।