मकवानपुरमा लडेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार ४,सोमबार १८:२५
file-photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.३ डोढेमा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ५६ वर्षीय र्कणबहादुर ब्लोन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, ब्लोन गुम्बाबाट लेबर काम गरेर मादक पदार्थ सेवन गरी घर तर्फ फर्किने क्रममा घरबाट अन्दाजी ५० मिटर पश्चिम सडक छेउमा अचानक आफै लडेर मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।