६ वटा पेट्रोलियम गाडी खरिद गर्दै राष्ट्र बैंक

तु खबर संवाददाता
२०८१ असार ४,सोमबार १६:४७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको छ । राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन खरिद गर्न लागेको हो ।

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग बैंकले उक्त पेट्रोलियम गाडी किन्ने भएको हो ।

गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो ।

उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्खित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको सो बैंकले जनाएको छ ।