समाचार

हेटौंडामा सहकारी शिक्षा विस्तारित मञ्च कार्यक्रम

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा एक दिवसीय सहकारी शिक्षा विस्तारित मञ्च कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको हो । सहकारीले हेटौंडा–११ मा रहेको ४ वटा टोल विकास संस्थालाई लक्षित गरी सहकारी बारे जानकारी दिएको...

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, दारीमटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नेवारपानीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ त ४३७६ नम्वरको ट्याक्टरले हेटौंडातर्फबाट नेवारपानीतर्फ जाँदै गरेको बा ७० प ७१८९ नम्वरको मोटरसाइकललाई...

हेटौंडा उपमहानगरद्वारा २ अर्ब ४३ करोडको बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको आइतबार बसेको १५ औं नगरसभा बैठकमा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले उक्त बजेट सार्वजनिक गरेका हुन् । उपमहानगरले पूर्वाधार क्षेत्र विकास तर्फ ८८...

दोहोरो अकंले घट्यो शेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ दशमलव ०४ अकंले घटेर २ हजार ९५ दशमलव २५ बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच भएको छभने ५...

श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धनुषा । धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादव रहेका छन् । उनलाई आफ्नै ३६ वर्षीया श्रीमती रूबी यादवको हत्या गरेको आरोपमा शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर...

अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले १२ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, पर्सा, पर्वत र बारा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित कविता फार्मेसी नामको औषधि पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड ६ सय ५० क्याप्सुलसहित शनिबार एक...

प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् । बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विनियोजन विधेयक,...

७२ जिल्लामा फैलियो डेंगु, संक्रमित संख्या कति पुग्यो ?

काठमाडौं । डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको...

हेटौंडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानमा गाभ्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन

मकवानपुर । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गाम्भे बागमती प्रदेश सरकारको निर्णयविरुद्ध विभिन्न राजनीतिक दलले शनिबार विरोध प्रदर्शन गरेका छन् । हेटौंडा अस्पताललाई उक्त प्रतिष्ठानमा गाभेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध मुख्यमन्त्री शालिकराम जम्कट्टेल सम्बद्ध दल माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा...

हेटौंडाका एकल तथा विपन्न महिलालाई जनै बनाउने तालिम

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलालाई जनै बनाउने तालिम दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा पहिलो पाइला नामक संस्थाले हेटौंडा–७, नागस्वतीमा ती महिलाहरुलाई तालिम दिएको हो । उक्त तालिम एक साता संचालन भएको थियो । तालिम गत २७ जेठबाट सुरु भई...