दोहोरो अकंले घट्यो शेयर बजार

तु खबर संवाददाता
२०८१ असार ३,आईतवार १६:२१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अकंले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ दशमलव ०४ अकंले घटेर २ हजार ९५ दशमलव २५ बिन्दुमा बन्द भएको छ ।

आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच भएको छभने ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १२ उपसूचक राताम्य भएका छन् ।