हेटौंडाका एकल तथा विपन्न महिलालाई जनै बनाउने तालिम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलालाई जनै बनाउने तालिम दिइएको छ ।
वडा कार्यालयको आर्थिक सहयोगमा पहिलो पाइला नामक संस्थाले हेटौंडा–७, नागस्वतीमा ती महिलाहरुलाई तालिम दिएको हो । उक्त तालिम एक साता संचालन भएको थियो ।
तालिम गत २७ जेठबाट सुरु भई असार १ गते शनिबार सम्पन्न भएको हो । समापन कार्यक्रम पहिलो पाइलाका अध्यक्ष शोभा खतिवडाको अध्यक्षता तथा हेटौंडा–७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा भएको हो ।
तालिममा वडाका २५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।
तालिममा सम्झना खनालले संयोजकको भूमिका निर्वाह गरेकी थिइन् भने जनै बनाउने तालिमको प्रशिक्षकमा रुपा तिमल्सिना र बेली दुलाल रहेका थिए ।
