कर्मचारीहरूको माग पूरा गर्न राजनीतिक दल सकारात्मक

तु खबर संवाददाता
२०८१ असार ३, सोमबार १७:०४

काठमाडौं । आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न राजनीतिक दलहरू सकारात्मक भएका छन् ।

सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संयुक्त रुपमा आह्वान गरेको छलफलमा विभिन्न राजनीतिक दलहरु सकारात्मक भएका हुन् ।

छलफलमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संघीय संसद् सचिवालयका महासचिव, सचिवहरू लगायतको सहभागिता रहेको थियो ।

छलफलका क्रममा सरोकारवाला सबैले कर्मचारीहरूको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

सेवा सुविधाको मागसहित केही समययता संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन् ।