आज यी प्रदेशमा वर्षा हुनेछ

तु खबर संवाददाता
२०८१ असार ५,मंगलवार ०९:२५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार, हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

त्यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रही केही प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।