मकवानपुरमा चट्याङ लागेर पुरुषको मृत्यु

मकवानपुर । मकवानपुरमा आज बिहान चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर २, थुम्की बस्ने वर्ष ४५ को बिर बहादुर प्रजा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान साढे ४ बजेको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ लाग्न गई प्रजा गम्भीर घाइते भएका थिए ।
घाइते प्रजालाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । उनको सोही अस्पतालमा पौने ८ बजेको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
मृतक प्रजाको शव हेटौंडा अस्पतालमा नै रहेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।