आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै

तु खबर संवाददाता
२०८१ असार ४,सोमबार ०८:५६
file-photo

मकवानपुर । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

सो अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।