हेटौंडाका महतको मृत्यु

तु खबर संवाददाता
२०८१ असार ३,आईतवार १८:१३
सांकेतिक तस्वीर

मकवानपुर । बेहोस् अवस्थामा उद्दार गरिएको हेटौंडाका आकाश महतको मृत्यु भएको छ ।

हेटौंडा–१, निवासी ३२ वर्षीय महतको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो विरगंजबाट हेटौंंडा आएको ना ७ ख ३५७५ नम्बरको बसमा सवार उनी हेटौंडा–१०, बसपार्कस्थित एक्कासी बेहोस् भएका थिए ।

एक्कासी बेहोस् भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

मृतक महतको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा नै राखिएको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।