कर्मचारीको आन्दोलनबारे छलफल गर्न बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार ४,सोमबार १०:११

काठमाडौं । संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल गर्न बैठक आह्वान गरिएको छ ।

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सरोकारवालासँग सो बारे छलफल गर्न बैठक आह्वान गरेका हुन् ।

बैठक राज्य व्यवस्था समितिको हलमा बस्ने गरी बोलाइएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

बैठकमा छलफलका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसहितको सहभागिता रहनेछ ।

सेवा सुविधाको मागसहित केही समययता संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन् ।