आज देशभर सार्वजनिक विदा

तु खबर संवाददाता
२०८१ असार ४,सोमबार ०८:४६

मकवानपुर । सरकारले आज असार ३ गते देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।

प्रवक्ता भट्टराईले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद  (उल–अजहा) को अवसरमा उक्त सार्वजनिक विदा दिएको बताए ।

२०८० साल माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सो दिन सार्वजनिक विदा दिन लागेको प्रवक्ता भट्टराईले बताए ।