समाचार

उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो, डुबान तथा प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रकोप प्रभावित स्थानमा सरकारी संयन्त्रको यथोचित पहलकदमी लिन सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको हो...

सोमबार देशभर साधारणतया बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने जनाएको छ । महाशाखाका अनुसार, योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ । यस्तै, आज देशभर साधारणतया बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कदेखि मध्यम...

आफ्नै आमाको हत्या गरेर फरार साह पक्राउ

काठमाडौं । रौतहटबाट कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजदेवी नगरपालिका १ पथरा टोल बस्ने मनोज साह रहेका छन् । प्रहरीका अनुसार, गत जेठ ५ गते अंशबण्डाका विषयमा आमा राधादेवी साहको हत्या गरेर उनी फरार रहेका थिए । फरार...

हेटौंडाको आशा बिशेष होस्टेलमा आगलागी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, रामनगरस्थित आशा बिशेष होस्टेलमा आइतबार आगलागी भएको छ । फरक क्षमता भएका बालबालिकालाई राख्ने उक्त होस्टेलको भान्सा कोठामा ग्यासँ चुलाबाट आगो सल्कन गई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उक्त आगोलागीमा परेर सोही होस्टेलमा काम गर्ने हेटौंडा...

वर्षाका कारण होमपाइप बगाउँदा बाटो अवरुद्ध

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा अबिरल वर्षाको कारण होमपाइप बगाउँदा बाटो अबरुद्ध भएको छ । शनिबार वर्षाका कारण मकवानपुरगढी गाउँपालिका वडा नम्वर २, बासपानी र सरमपुर जोड्ने सामारी खोलामा होमपाइप राखि बनाएको बाटो बगाएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ७–८ वटा होमपाइप राखेर बनाएको बाटो बगाउँदा सुकौरा, बुढिचौर...

आइतबार २१ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव २७ अंकले बढेर बन्द भएको हो । दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको जनाएको छ । नेप्सेमा आज ६ अर्ब २९ लाख ३१...

विपद्को घटनामा परी दुई दिनमै १४ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा विपद्को घटनामा परेर दुई दिनमा १४ जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाको मृत्यु भएको हो । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट उनीहरुको मृत्यु भएको हो । मृत्यु...

३४ लाख सर्वसाधारणलाई बाढीसम्बन्धी एसएमएस

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एकैदिन ३४ लाख सर्वसाधारणलाई एसएमएस सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म उत्तल संख्याको सर्वसाधारणलाई एमसएमएस सम्प्रेषण गरेको हो । मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन उनीहरुलाई एसएमएस...

पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव फेला

स्याङ्जा । स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको आज शव फेला परेको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार, पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो ।...

प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने जानकारी दिएका हुन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी–पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै, आजै बसेको दोस्रो बैठकमा प्रतिनिधि सभाका...