प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८१ असार २४,आईतवार १६:११
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने जानकारी दिएका हुन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी–पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, आजै बसेको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेस गरेका थिए ।