आइतबार २१ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव २७ अंकले बढेर बन्द भएको हो ।
दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको जनाएको छ ।
नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।