आफ्नै आमाको हत्या गरेर फरार साह पक्राउ
काठमाडौं । रौतहटबाट कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको राजदेवी नगरपालिका १ पथरा टोल बस्ने मनोज साह रहेका छन् ।
प्रहरीका अनुसार, गत जेठ ५ गते अंशबण्डाका विषयमा आमा राधादेवी साहको हत्या गरेर उनी फरार रहेका थिए ।
फरार उनीलाई खोजतलास गर्ने क्रममा परिवारसँग परामर्श गरी उनीसँग सम्पर्क गर्न सफल भएको थियो । त्यसलगत्तै साह जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका थिए ।
साहलाई कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको जनाइएको छ ।
