वर्षाका कारण होमपाइप बगाउँदा बाटो अवरुद्ध

तु खबर संवाददाता
२०८१ असार २३, आईतवार १८:०८

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा अबिरल वर्षाको कारण होमपाइप बगाउँदा बाटो अबरुद्ध भएको छ ।

शनिबार वर्षाका कारण मकवानपुरगढी गाउँपालिका वडा नम्वर २, बासपानी र सरमपुर जोड्ने सामारी खोलामा होमपाइप राखि बनाएको बाटो बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ७–८ वटा होमपाइप राखेर बनाएको बाटो बगाउँदा सुकौरा, बुढिचौर जाने सवारी साधन आवत–जावतमा समस्या भएको छ ।

उक्त बाटोबारे प्रहरीलाई आइतबार मात्रै जानकारी भएको जनाइएको छ ।

मौसम सक्रिय भएसँगै परेको अबिरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो जानुका साथै बाढी आएको छ ।