समाचार
सप्तकोशी नदीको जलसतह बढ्यो, ब्यारेजका ४१ ढोका खुल्ला
धरान । सप्तकोशी नदीको जलसतह बढेको छ । बिहान ६ बजको समयमासम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार, पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र...
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक १० बजे संसद भवनमा बस्ने गरी बोलाइएको हो । बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक आह्वान गरेको हो । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप...
पहिरोमा पुरिएकी महिलाको शव फेला
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये एक महिलाको शव फेला परेको छ । पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये ४० वर्षीया हीरा नेपालीको शव गएराति फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, उक्त पहिरोमा पुरिएर अझै दुई जना बेपत्ता रहेका छन् ।...
बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा सक्रिय हुन सरकार निकायलाई निर्देशन दिएका छन् । अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण देशका विभिन्न भु–भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्पूर्ण निकायलाई उद्दार र राहतमा सक्रिय हुन निर्देशन दिएका हुन् ।...
यो साता ह्वात्तै बढ्यो सुनको भाउ
काठमाडौं । यो साता सुनको भाउ ह्वात्तै बढेको छ । गत साताको तुलनामा यो साता सुनको भाउ प्रतितोला २ हजार ६०० रुपैयाँ बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साता शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै,...
केपी ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टरको मृत्यु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर थापाको भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले बताएका छन् । सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका थापालाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उनको...
पहिरोका कारण अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडक सुचारु
मकवानपुर । गएराति परेको अबिरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको हेटौंडाबाट काठमाडौं जोड्ने विभिन्न सडकखण्ड सुचारुमा आएको छ । पहिरोका कारण अवरुद्ध बनेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, हेबी नजिकै रहेको छेपारोमा आएको पहिरो हटाई सिस्नेरी र दक्षिणकालिका सडकखण्डमा यातायात संचालनमा आएको छ । बिहानैबाट अवरुद्ध उक्त...
श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित पक्राउ
बारा । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा र शनिश्चरेबाट स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । असार २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत...
मकवानपुरमा कुपोषणका कारण चार बालबालिकाको मृत्यु
मकवानपुर । कुपोषणका कारण मकवानपुरमा चार बालबालिकाको मृत्यु भएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०८०–०८१ को साउन महिनादेखि हालसम्म कुपोषणका कारण चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २ वर्ष मुनिाका २ बालिका र २ बालक रहेका छन् । मृतक चारै जना जिल्लाको कैलाश गाउँपालिकाका हुन् ।...
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । यही असार १७ गते नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै...









