एमाले संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ असार २३, आईतवार ०८:५९
file-photo

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक १० बजे संसद भवनमा बस्ने गरी बोलाइएको हो ।

बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक आह्वान गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ ।