समाचार
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रतिनिधिसभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतको प्रस्ताव राख्नेछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो । एमालेका ८ मन्त्रीले दिएको...
राष्ट्रिय सभाबाट बजेट पारित
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई आज राष्ट्रिय सभाले पारित गरेको हो । प्रतिनिधि...
अज्ञात समूहको कुटपिटबाट एकको मृत्यु
पाँचथर । अज्ञात समूहको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, गएराति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री) हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२०...
तीन दिन मनसुन अझै सक्रिय रहने
काठमाडौं । आजदेखि तीन दिन नेपालमा मनसुन अझै सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । सर्वाजनिक बुलेटिनमा मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले शुक्रबारबाट आइतबारसम्म दक्षिणी भूभागमा मनसुन थप सक्रिय हुने उल्लेछ छ । बिहीबार...
रारा तालमा डुबेर २१ वर्षीय युवकको मृत्यु
मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावल रहेका छन् । उनको रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी रारा ताल किनारमा...
७३ जिल्लामा फैलियो डेंगु संक्रमण
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरको ७३ जिल्लामा डेंगु रोगको संक्रमण फैलिएको जनाएको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार, दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको हो । हालसम्म देशभरको ७७ जिल्लामध्ये ७३ जिल्लाका एक हजार चार सय...
अत्यावश्यक कामबाहेक कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुलाई निर्देशन दिएको छ । विपद्को बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो । बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा...
रिटर्नी सेन्टर नेपाल थाहानगर अध्यक्षमा बिष्ट
मकवानपुर । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको संगठन रिटर्नी सेन्टर नेपाल थाहा नगर कमिटी अध्यक्ष पदमा बिमल बिष्ट सर्वसम्मत चयन भएका छन् । बिहिबार थाहा नगरको विकास घरमा भएको प्रथम नगर सम्मेलनले बिष्टको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । यस्तै, कमिटीको उपाध्यक्षमा गंगालाल गोपाली, केशव ढकाल,...
मकवानपुरमा लडेको अवस्थामा भेटिएका पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ सुनाचुरीमा लडेको अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोल्वी नगरपालिका–८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका–९ सिमलटाँडीस्थितमा लेबर काम गरी बस्ने ३२ वर्षीय पुजन राम रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार अपराह्न सवा...
आज राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ः१५ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । मन्त्रालयका अनुसार, आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,...









