समाचार

कस्तो रहला आज दिनभरको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र त्यसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । यस्तै, आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । पार्टीको जारी १० औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । यस्तै, पार्टीको महासचिवमा घनश्याम भूसाल, झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको...

बाढीपीडितलाई समयमै राहत दिन सांसदको माग

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकको शून्य समयको माग गर्दै सांसदहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका हुन् । बैठकमा सांसद् सुमित्रा विसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई...

निगमका जहाज मर्मतबारे छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । निगमले वाइडबडी जहाज ३३० को सी–चेकका लागि...

जन्मदिनको अवसरमा छात्रबृत्ति कोष स्थापना

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले आफ्नो जन्मदिनको अवसरमा छात्रबृत्ति कोष स्थापना गरेका छन् । प्रधानाध्यापक कार्कीले बिहीबार परेको आफ्नो जन्मदिनको अवसरमा ५५ हजार ५ सय ५५ रुपैंयाको छात्रबृत्ति अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका हुन् । प्रधानाध्यापक कार्कीले आफैले अध्ययापन गर्ने विद्यालय जनकल्याण माविमा...

पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषा प्रहरीले जनाएको छ । बिहीबार दिउँसो जिल्लाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । उनीहरु १० देखि १२ वर्ष उमेर समूहका...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो...

हत्यामा संलग्न तीन जना पक्राउ

बारा । बाराको कलैया उपमहानगरपालिका–५, पर्साटोल बस्ने ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बारा आदर्शकोतवाल गाउँपालिका–५ बस्ने ३४ वर्षीय सुरेश ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको जगरनाथपुर गाउँपालिका–५ बस्ने ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, सोही गाउँपालिका–५ बस्ने ४५ वर्षीय...

थाहा नगरपालिमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निः शुल्क शिक्षा घोषणा गरेको हो । नगरको जेसीज हलमा कार्यक्रमबीच बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पालिकालाई अनिवार्य...

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयको अपिल

गलेश्वर । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी सडकखण्डमा रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । उक्त सडकखण्डमा बाढीपहिरोको जोखिम र वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राति यात्रा गर्दा बाढीपहिरोमा...