पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार २०, बिहीबार १६:४९
file-photo

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषा प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो जिल्लाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । उनीहरु १० देखि १२ वर्ष उमेर समूहका रहेका छन् ।

प्रहरीका अनुसार, पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । तीमध्ये एक जनाको अस्पताल पुग्ने बित्तिकै र दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।