समाचार
रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिँदैछन् । सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । उनीहरुले पदबाट राजीनामा दिन लागेका हुन् । राजीनामा दिनुअघि...
मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी
मकवानपुर । मकवानपुरमा गएराति जंगली च्याउ खाँदा ७ जना बिरामी भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ उर्लाघारीस्थित जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएको मकवानपुर प्रहरीले जनाएको छ । बिरामी हुनेहरुमा स्थानीय ६५ वर्षीया मगंली माया स्याङ्तान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान,...
कांग्रेस–एमाले गठबन्धनलाई साथ लोसपाको निर्णय
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । पार्टीको बबरमहलस्थित कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेसँगै पछिल्लो समय विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन्...
‘भिसा डेट’ होल्ड गरेर ठगी गर्ने ८ जना सीआईबीको नियन्त्रणमा
काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा हुनेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल,...
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो । सोमबार...
प्रतिनिधि सभाका नवनियुक्त सचिवद्वारा शपथ ग्रहण
काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त सचिव अधिकारीले बुधबार एक कार्यक्रमबीच सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् । शपथ कार्यक्रममा...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापनीस्थित अछाम होटेलबाट सोही ठाउँ बस्ने ३१ वर्षीया दीपा बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो...
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रचण्डलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेको छ । कांग्रेस र नेकपा एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री प्रचण्डले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला कांग्रेसले आग्रह गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए...
युवती जवरजस्ती करणी गर्ने मकवानपुरका गोलेलाई १० वर्ष कैद फैसला
मकवानपुर । बौद्धिक अपांगता भएकी एक युवतीलाई जवरजस्ती करणी गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक पुरुषलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । मंगलबार जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मकवानपुरको बकैया गाउँपालिका–३ बस्ने ५० वर्षीय चतुरमान गोलेलाई १० वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालत मकवानपुरले...
हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा मंगलबार सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हेटौंडा–धरान चतरा सडकखण्ड अन्तर्गत पर्ने उक्त स्थानमा हटियातर्फ जाँदै गरेको मकवानपुर सहकारी अस्पतालको ना ३ च ८२९८ नम्बरको एम्बुलेन्सले ना ४२ प ५७०९ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।...










