समाचार
नेप्से सूचकमा सामान्य वृद्धि
काठमाडौं । आज शेयर बजारमा सामान्य वृद्धि आएको छ । मंगलबार सरकार परिवर्तनको हल्लाले एकाएक ४७ अंकमाथिले बढेको नेप्से आज भने सामान्य अंकले मात्रै बढेको हो । बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा ३ दशमलव ७९ अंकले मात्र बढ्दै २१ सय ४ दशमलव २२ विन्दुमा उक्लिएको हो । यसअघि...
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरद्वारा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया
हेटौंडा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले मकवानपुरका सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवाको प्रबर्द्धन गर्न अन्तरक्रिया गरेको छ । आज (बुधबार) बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तरगतको चिकित्सालयले आयुर्वेद सेवाका बारेमा जनमानसमा जानकारी पुर्याउने उदेश्यले मकवानपुरका सञ्चारकर्मीहरुसङ्ग अन्तरक्रिया गरेको हो । कार्यक्रममा आयुर्वेदिक सेवाहरु, आयुर्वेदिक कार्यक्रम, आयुर्वेद विधिबाट स्वस्थ...
भुटानी शरणार्थी प्रकरण: प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ परेका प्रतिक थापालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा प्रतिक थापाको संलग्नता नरहेको भन्न नसकिने...
हेटौंडा–१६ मा सामुदायिक भवनको शिलान्यास
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ मा सामुदायिक भवनको शिलान्यास गरिएको छ । उपमहानगरका कार्यबाहक मेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा मंगलबार भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गर्दै कार्यबहाक मेयर बानियाँले नगरबासीलाई स्थानीय सरकारको प्रत्यक्ष अनुभुति दिलाउन उपमहानगर लागि परेको बताए । सामुदायिक भवनहरुबाट जनताले सहज तरिकाले...
२०६२ यता सरकारमा ४ पटक माओवादीको नेतृत्व, १० पटक महत्वपूर्ण हिस्सासहित सहभागी
काठमाडौँ । माओवादीले २०६२ मंसिरमा १२ बुँदे सम्झौता गरेर सशस्त्र विद्रोह त्याग्यो । सोही सम्झौताको जगमा भएको ०६२/०६३ को जनआन्दोलनले राजतन्त्र ढल्यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसपश्चात् माओवादीले करिब दुई दशकको अवधिमा सत्ताको लाभैलाभ लिइरहेको छ । २०६३ सालमा कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम...
प्रतिनिधि सभाको सचिवमा अधिकारी
काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् । प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेय प्रतिनिधि सभाको महासचिव भएपछि रिक्त रहेको उक्त पदमा अधिकारी नियुक्ती भएका हुन् । पूर्वसचिव...
प्रचण्डले हैसियत भुलेर दम्भ देखाएका कारण गठबन्धन फेरियोः लोसपा
काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्वागत गरेको छ । लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले मधेस आन्दोेलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेको भन्दै आफुहरुले यसलाई स्वागत गरेको जानकारी दिए । उनले सानो पार्टी भएर पनि निरन्तर प्रधानमन्त्री पदमा बस्दा प्रचण्डले हैसियत भुलेर दम्भ...
कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको समर्थन
काठमाडौँ । उपेन्द्र यादवले नेतृत्व गरेको जनमत समाजवादी पार्टीले प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेस एमाले गठबन्धनलाई साथ दिने भएको छ । यादवले नयाँ सत्ता सहकार्यको विषयमा भने औपचारिक छलफल भइनसकेको बताएका छन् । सत्ता जोगाउन आफ्नो पार्टी प्रचण्डले फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् । उनले भने, ‘हामीसँग...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु र झाप जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका–८ लौगाईस्थित बोड्गाउँ डिजि फेन्सीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय मिलिग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
प्रजा आधारभुत विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ को श्री प्रजा आधारभुत विद्यालयमा निःशुल्क कम्प्युटर कक्षाको सुरुवात भएको छ । वडा नं. ३ को कार्यालयले शैक्षिक सत्र २०८१ देखि विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा सुरु गरेको हो । गाउँपालिकाको सहयोगमा १६ वटा कम्प्युटरको व्यवस्था गरी कम्प्युटर कक्षाको सुरुवात गरिएको वडा...










