समाचार

मानव अधिकार आयोग हेटौंडाको आयोजनामा अन्तरक्रिया

मकवानपुर । मकवानपुरको हेटौंडामा जिल्लाभित्र घटेका मानव अधिकार उलङ्घनका घटनाहरुका बारेमा अधिकारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग हेटौंडाले सोमबार यौनजन्य र्दुव्यवहार, मानव बेचबिखन, लागुऔषध र्दुव्यसनी, बालविवाह, घरेलु हिसांलगायतका विषयमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रियामा जिल्लाभित्र रहेर मानव अधिकारसम्बन्धि काम गरिरहेका माईती...

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

मकवानपुर । प्रगती माध्यमिक विद्यालय हेटौंडा–९ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । हेटौंडा कै सामूदायिक विद्यालयतर्फ एसईइ परीक्षामा उत्कृष्ट नतिजा ल्याई जिल्ला प्रथम बनेको उक्त विद्यालयले सोमबार एक र्काक्रमबीच उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो । २०८० सालको एसईई...

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै पार्टीले बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र...

रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

रोल्पा । रोल्पामा सोमबार बेलुकी जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नम्बर ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी...

करेन्ट लागेर महिलाको मृत्यु

बाँके । बाँकेको कोहलपुरमा सोमबार साँझ करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाकी ४५ वर्षीया प्रेमा थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार, थारुको आफ्नै घरको धारामा नुहाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।...

अशोक राई नेतृत्वको जसपा बैठक बस्दै, सरकारबारे निर्णय गर्ने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको बैठक बस्दैछ । बैठक मंगलबार बिहान १० बजे बस्ने गरी बोलाइएको हो । बैठकले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी हुने की नहुने भन्ने बारे निर्णय गर्ने जनाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि...

रास्वपा तत्काल सरकार नछाड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने भएको छ । सत्ताको प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएको रास्वपा उच्च स्रोतले बतायो । ती स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने छ । नेपाली...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मंगलबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको...

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बस्ने गरी पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई बैठकमा बोलाएका हुन् । बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो । एमाले र कांग्रेसबिच पहिलो...

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति...