एमालेको सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०८१ असार १८, मंगलवार १०:०७
file-photo

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।

नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै पार्टीले बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनका अनुसार बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे छलफल हुनेछ ।