समाचार
एसईई पूरक परीक्षाको तालिका प्रकाशन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको तालिका प्रकाशन गरेको छ । प्रकाशन तालिका अनुसार, परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ । परीक्षार्थीले आवेदन फाराम भरी प्रति परीक्षार्थी...
माओवादीको पदाधिकारी बैठक आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आह्वान गरेको पार्टी सचिव गणेश साहले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु...
बागमती नदीमा एक पुरुष मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा सोमबार साँझ एक जनाको शव फेला परेको छ । बागमती नदीमा एक पुरुषको शव बगाएर ल्याएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, प्रहरी घटनास्थलमा पुगेर शव निकाल्ने काम गरिरहेको छ । ती पुरूषको पहिचान खुलेको छैन ।...
अध्यक्ष ओलीले बोलाए मन्त्रीहरुलाई बालकोट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएका छन् । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले उनीहरुलाई बोलकोटमा बोलाएका हुन् । अध्यक्ष ओलीले सोमबार साँझ आफ्नो निवास बालकोट बोलाएका हुन् । तर, किन बोलाएको भन्ने नखुलेको ती मन्त्रीले बताए ।
हेटौंडामा आयोजित लोजीकनमा सिटी कलेज उत्कृष्ट
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित लोजीकन २०२४ मा हेटौंडा सिटी कलेजको समूह ४ उत्कृष्ट भएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसले आयोजना गरेको उक्त लोजीकनमा सहभागी ६ कलेजहरूलाई पछि पार्दै सिटी–४ उत्कृष्ट हुन सफल भएको हो । आईटी विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक कोडिङ संस्कृति प्रोत्साहन गर्ने...
नेता जितेन्द्रनारायण देव एमाले प्रवेश
काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । नेता देव कांग्रेस परित्याग गरी एमालेका प्रवेश गरेका हुन् । सप्तरी निवासी उनलाई सोमबार एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस पूर्व केन्द्रीय सदस्य रहेका देव...
दीर्घरोगी बिरामीका लागि ३५ करोड ३६ लाख निकासा
काठमाडौं । अर्थ मन्त्रालयले दीर्घ रोगीका बिरामीहरूका लागि औषधि उपचार खर्च रकम निकासा गर्ने सम्बन्धी फाइल स्वीकृत गरेको छ । मन्त्रालयले सो खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकासा गरेको हो । सो मन्त्रालयका अर्थमन्त्री वर्षमान पुनले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड...
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकबाट जोशीलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।
विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ
काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित आइतबार २ जना इरानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय यजदन्यार माजिदियाही र उनकै श्रीमती ३५ वर्षीया पेगाह ताहेरी रहेका छन् । श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन...
नेप्से सूचक १६ दशमलव २९ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन घटेको नेप्से परिसूचना सोमबार भने बेढेको हो । आज नेप्से १६ दशमलव २९ अंकले वृद्धि भएको छ । नेप्से सूचक सोमबार ० दशमलव ८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा उक्लिएको हो ।...










