बागमती नदीमा एक पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८१ असार १७, सोमबार १८:३८
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा सोमबार साँझ एक जनाको शव फेला परेको छ ।

बागमती नदीमा एक पुरुषको शव बगाएर ल्याएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, प्रहरी घटनास्थलमा पुगेर शव निकाल्ने काम गरिरहेको छ । ती पुरूषको पहिचान खुलेको छैन ।

ती पुरुषको शव टिचिङ अस्पताल लगिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।