पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

तु खबर संवाददाता
२०८१ असार १७, सोमबार १६:५३
file-photo

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन् ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकबाट जोशीलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।