पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा लामिछाने पक्राउ
काठमाडौं । पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका ताराबहादुर लामिछाने रहेका छन् । शुक्रबार बिहान हेपाली हाईटवाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, गत असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपतिस्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई छुरा प्रहार गरी उनी फरार भएका थिए । फरार उनलाई खुकुरी र झोलासहित पक्राउ गरेको हो ।
छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पक्राउ परेका लामिछानेले सन्तोषललाई गाँजा मागेका थिए । सन्तोषले गाँजा नदिएपछि लामिछानेले छ्रा प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाइएको छ । पक्राउ गरेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
