पशुपति आर्यघाटमा दाउरा किन्नुपर्ने अवस्था अन्त्य गर्ने– वन मन्त्रीको

तु खबर संवाददाता
२०७७ फाल्गुन १७, सोमबार १६:३९
file-photo

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले सो कुरा बताएका हुन् ।

दाह संस्कारका लागि वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने उनको भनाइ छ ।

‘पशुपति आर्यघाटमा १२÷१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*