समाचार

एकीकृत समाजवादीको महाधिवेशनः आज बन्दसत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत आजबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । सो बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने...

हेटौंडामा स्क्रावल कार्यशाला

मकवानपुर । मकवानपुरको हेटौंडामा स्क्रावल कार्यशालाको आयोजना गरिएको छ । उक्त कार्यशाला हेटौंडा–२ मा रहेको बाल जागृति इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्रावल क्लब मकवानपुरको संयोजनमा भएको हो । विद्यार्थीमा शाब्दिक ज्ञानका साथै समस्या समाधान सीप, जोखिम बहन तथा व्यवस्थापन गर्ने सीपलगायत ज्ञान र सीपको विकास गराउने उद्देश्यले उक्त...

प्रतिनिधि सभाको बैठक आह्वान

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले...

मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा मोतियाबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको विभिन्न वडामा भएको आँखा शिविरबाट मोतियाबिन्दु लागेका ७० जना बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो । चैनपुर स्थित प्रजा जागृति माध्यमिक विद्यालय परिसरमा आइतबार भएको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मोतिबिन्दु बिरामी ९५...

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले जनाएको छ । निगमका अनुसार, हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको भाउ आज राति १२ बजेपछि लागू हुनेछ...

धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते

धनुषा । धनुषामा गएराति जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस गणेशमान चारनाथ नगरपालिका–८, पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते भएकामध्ये...

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बस्ने उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । साथै बैठकमा सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...

२४ कर्मचारीको दरबन्दी कटौती

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २४ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ । असार १० गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत गर्दै ती कर्मचारीको दरबन्दी कटौती गरेको हो । दरबन्दी कटौती हुनेहरुमा उपसचिव र सोभन्दा तल्ला तहका कर्मचारी रहेको मन्त्रालयका सूचना...

चितवनको एक होटलमा चिनियाँ नागरिकको शव फेला

चितवन । चितवनको भरतपुरस्थित एक होटलमा चिनियाँ नागरिकको शव फेला परेका छन् । आज बिहान बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिनको अव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा...

मकवानपुर प्रहरीद्वारा २ सय ३९ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०–०८१ को पछिल्लो ११ महिनामा लागूऔषध ओसारपसार गरेको आरोपमा २ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले चालु आवको साउनदेखि जेठ महिनासम्ममा लागूऔषध ओसारपसार गरेको आरोपमा १९ महिलासहित २ सय ३९ जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको जनाएको छ...