समाचार

मृत अवस्थामा भेटिए मकवानपुरका लुङ्वा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं.३, हात्तिसुडे बस्ने वर्ष ७१ को भिम बहादुर लुङ्वा मृत अवस्थामा भेटिएका छन् । उनी स्थानीय लोहजर खोलामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, शनिबार माछा मार्न जान्छु भनी घरबाट निस्किएका उनी खोलामा डुबेको...

एमाले मकवानपुरगढीको नवनिर्वाचित कमिटीद्वारा शपथ ग्रहण

मकवानपुर । नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाको नवनिर्वाचित कमिटीले शपथ ग्रहण गरेका छन् । शनिबार मकवानपुरगढी–६ मा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित अध्यक्ष लगायत लेखा संयोजक तथा पदाधिकारी र सदस्यहरुहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष जीत बहादुर घिमिरे र लेखा समिति संयोजक प्रकाश अधिकारीलाई जिफण्ट...

संसदीय प्रक्रियामा भएका कमजोरीलाई सुधारौँः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा देखा परेका कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएकोसमेत उल्लेख गरेका छन् । उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा...

रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा युक्रेनी राष्ट्रपति

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससंगको युद्ध अन्त्य गर्ने तयारी गरिएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले शुक्रबार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी दिएका हुन् । ‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजबाट

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशन प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको हो । यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ । असार २० गतेसम्म चल्ने महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले सहभागिता जनाउनेछन् ।...

आज संसद् दिवसः ६५ वर्षअघि बसेको थियो पहिलो बैठक

काठमाडौँ । पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिनलाई स्मरण गरी आज संसद् दिवस मनाइँदैछ । देशमा प्रजातन्त्र स्थापना भएपश्चात् २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक २०१६ असार १६ गते बसेको थियो । सोही दिनलाई स्मरण गरी असार १६ गते संसद् दिवसका रुपमा मनाउन थालिएको हो ।...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र त्यसको प्रभावले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित वर्षा भइरहेको जनाएको छ । यस्तै, आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमलगायतको प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...

महासंघको भवनमा युनियनको ७ बुँदे मागसहितको व्यानर

मकवानपुर । सदस्यता विवादको विषयलाई पूर्णरुपमा वेवास्ता गर्दै नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएकोभन्दै नेपाल प्रेस युनियन मकवानपुरले आफ्नो ७ बुँदे माग अगाडि सारेको छ । युनियन मकवानपुरले महासंघको हेटौंडा–४ स्थित कार्यालयमा आफ्नो मागसहितको कालोव्यानर विरोधस्वरुप झुण्डाएको छ । महासंघको सदस्यताको विवादको विषयलाई टुंग्याएर मात्र निर्वाचन गर्नुपर्ने...

सदस्यता विवाद टुंग्याएर मात्र निर्वाचन गर्न युनियन मकवानपुरको माग

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता विवाद टुंगाएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास विडारीले महासंघको निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुंग्याउन आग्रह गरेका हुन् । नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई...

हेटौंडामा टोल विकास संस्था स्थापनाको २५ औँ वर्षमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्था स्थापना भएको २४ वर्ष पूरा भएको छ । २०५६ साल असार १४ गते हेटौंडा– ८ मा श्रमिक टोल विकास संस्था स्थापना भई अघि बढेको टोल विकास संस्थाको यात्रा शुक्रबार २५ औँ वर्षमा प्रवेश गरेको छ । समुदाय परिचालनका माध्यमबाट समावेशी, समतामुलक एवम्...