एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजबाट

तु खबर संवाददाता
२०८१ असार १६, आईतवार ०९:४६

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशन प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको हो ।

यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

असार २० गतेसम्म चल्ने महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले सहभागिता जनाउनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।

साथै महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था पनि गरिएको छ ।