आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ असार १६, आईतवार ०९:३८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र त्यसको प्रभावले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित वर्षा भइरहेको जनाएको छ ।

यस्तै, आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमलगायतको प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने जनाइएको छ ।

यस्तै, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।