धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते

तु खबर संवाददाता
२०८१ असार १७, सोमबार ०८:४१

धनुषा । धनुषामा गएराति जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस गणेशमान चारनाथ नगरपालिका–८, पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते भएकामध्ये एक जनाको अवस्था मध्यम र अन्य सबै समान्य रहेका छन् । उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात बस चालक फरार रहेको र उनको खोजी कार्य गर्नुका साथै प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।