समाचार
गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा मंगलबार ऐतिहासिक फोटो प्रदर्शन गर्ने भएको छ । कांग्रेसले सोमबार पत्रकार सम्मेलनमार्फत् पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गर्ने जानकारी दिइएको हो । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श...
मकवानपुरका मगर गाँजासहित पक्राउ
मकवानपुर । मकवानपुरका बद्री बहादुर घागा मगरलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ७, दमार कोगटे निवासी मगर लागूऔषध गाँजा ४ किलो ६ सय मिलिग्रामसहित पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ । ६१ वर्षीय मगरलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले उनकै...
हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रम लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ र यसअन्तर्गतका चार वटा लियो क्लबहरूको संयुक्त आयोजनामा भएको हो । क्लबका अध्यक्ष अशोक सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ विकेशलाल श्रेष्ठ प्रमुख अतिथि...
एकीकृत समाजवादीको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । विद्युतीय मतदान लागि पार्टी केन्द्रीय सचिवालय सदस्यहरुले डेमोसमेत प्रस्तुत गरेका छन् । एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डलसमेत गठन गरिएको छ । सोही मण्डलले...
प्रेस युनियन मकवानपुरद्वारा पत्रकार महासंघको कार्यालयमा धर्ना
हेटौंडा । नेपाल पत्रकार महासंघको सदस्यता विवादको विषयलाई लिएर आपत्ति जनाउँदै आएको प्रेस युनियन मकवानपुरले आज महासंघ मकवानपुरको कार्यालय परिसरमा धर्ना दिएको छ । आन्दोलनलाई थप शसक्त बनाउन आज धर्ना दिइएको युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । प्रेस युनियन केन्द्रको निर्णय बमोजिम आज नेपाल पत्रकार महासंघको केन्द्रीय...
प्रादेशिक संरचनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस
हेटौंडा । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए । हेटौँडा–१७, हटियामा प्रदेश सरकारका...
पहिरोले घर भत्किँदा बालकको मृत्यु
सुर्खेत । जाजरकोटमा आज बिहान पहिरोले घर भत्किँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका–५, ईब्रा गाउँमा पहिरोले घर भत्किँदा स्थानीय ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो...
राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको पनि बैठक बस्दैछ । बैठक आज दिउँसो १ः१५ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था,...
गाँजासहित भारतीय नागरिक पक्राउ
पर्सा । वीरगंज महानगरपालिका–१६, शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजासहिच आइतबार प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतीहारी रामपुर ग्राम पंचायत–६ बस्ने ६० वर्षीय श्याम साह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, साह १ किलो २ सय ५० ग्रामसहित पक्राउ परेका हुन् । उनलाई...
प्रचण्डलाई भेट्न बिहानै बालुटार पुगे ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार बिहानै बालुवाटार पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । उनीहरुबीच यसअघि आइतबार पनि भेटवार्ता...










