हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रम लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ र यसअन्तर्गतका चार वटा लियो क्लबहरूको संयुक्त आयोजनामा भएको हो ।
क्लबका अध्यक्ष अशोक सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ विकेशलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा ४५ जनाले रत्तदान गरेका थिए । कार्यक्रममा विभिन्न लियो क्लबका अध्यक्षहरू तथा लियो डिस्ट्रिक्ट काउन्सिलका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा रक्तसंचार केन्द्र हेटौंडाले लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ र लियो मुक्तिनाथ परिवारलाई सम्मान गरेको थियो ।
मुक्तिनाथ क्लबले प्रत्येक वर्ष जुलाई १ मा यस्तो रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
