गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्दै कांग्रेस

तु खबर संवाददाता
२०८१ असार १७, सोमबार १६:०५

काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा मंगलबार ऐतिहासिक फोटो प्रदर्शन गर्ने भएको छ ।

कांग्रेसले सोमबार पत्रकार सम्मेलनमार्फत् पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गर्ने जानकारी दिइएको हो ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको कांग्रेसले जनाएको छ ।

सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले मंगलबार बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गर्ने बताए ।

फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्ता गरिएको उनको भनाई छ ।