प्रचण्डलाई भेट्न बिहानै बालुटार पुगे ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार बिहानै बालुवाटार पुगेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । उनीहरुबीच यसअघि आइतबार पनि भेटवार्ता भएको थियो ।
यसअघि आइतबार सिंहदरबारमा भएको भेटमा दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि थिए ।
शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएको थियो । अध्यक्ष ओलीले सभापति देउवासँग भेट गरेपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । सोही आशङ्काबिच दुई नेताको भेटघाट बाक्लिएको हो ।
