दीर्घरोगी बिरामीका लागि ३५ करोड ३६ लाख निकासा

तु खबर संवाददाता
२०८१ असार १८,सोमबार १७:०१
file-photo

काठमाडौं । अर्थ मन्त्रालयले दीर्घ रोगीका बिरामीहरूका लागि औषधि उपचार खर्च रकम निकासा गर्ने सम्बन्धी फाइल स्वीकृत गरेको छ । मन्त्रालयले सो खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकासा गरेको हो ।

सो मन्त्रालयका अर्थमन्त्री वर्षमान पुनले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गर्ने सम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।

उपचार खर्च सम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार प्राप्त गर्दै आएका छन् । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैङ्क खातामा जम्मा हुनेछ ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट उक्त रकम निकासा गरेको जनाएको छ ।