समाचार

बाबुरामको टिप्पणीः सबैलाई सधैँभरि ठग्न सकिँदैन

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले नेकपा माओवादी केन्द्रतर्फ इङ्गित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको नरहा गाउँपालिका–३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डलको पोखरीमा डुबेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा दुवै...

५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सांसद्को माग

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय हजार र एक हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । राष्ट्रिय सभाको मंगलबार बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले यस्तो माग गरेकी हुन् । साथै उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि...

राजेन्द्र महतोद्वारा विस्तारित बैठक आह्वान

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले विस्तारित बैठक आह्वान गरेको छ । बैठक असार २० र २१ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा संगठन निर्माण, कार्यक्रम, कार्ययोजनालगायतको विषयमा छलफल हुने क्रान्तिका नेता सन्तोष मेहताले जानकारी दिए । यसअघि बसेको विस्तारित बैठकले जेठ ७ देखि...

नेप्से सूचक ४७.०४ अंकले वृद्धि

काठमाडौं । मंगलबार शेयर बजारमा वृद्धि आएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ०४ अंकले बढ्दै २१ सयको विन्दुमा अडिएको छ । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ दशमलव ९४ अंकले बढ्दै ३७० दशमलव ७१ विन्दुमा उक्लिएको छ । ४७ अंकले नेप्से बढेको आज ४ अर्ब ५७...

दुर्घटनामा घाइते हेटौंडाका वृद्धको मृत्यु

मकवानपुर । सवारी दुर्घटनामा परेर घाइते भएका हेटौंडाका एक वृद्धको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ निवासी थिङको असार १७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, ८६ वर्षीय थिङलाई असार ५ गते हेटौंडा–१२, पदमपोखरीमा प्रदेश ३–०१–०२४ च ३९६७ नम्बरको पिकअप गाडीले...

२०४६ यता चौथोपटक पहिलो र दोस्रो दलको सत्ता सहयात्रा

काठमाडौँ । राष्ट्रिय राजनीतिमा नयाँ धु्रवीकरण भएको छ । मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस सत्ता सहकार्यका लागि एकै ठाउँमा आइपुगेका छन् । यता, एमाले र माओवादीसहितको गठबन्धन भत्किँदा सत्ताधारी दलहरु तितरवितरको अवस्थामा पुगेका छन् । २०४६ सालयता नेपालको संसदीय राजधानीमा चौथो पटक दुई ठूला दलबीच...

एकीकृत समाजवादीको टिप्पणीः कांग्रेस–एमाले गठबन्धन चरम अवसरवाद

मकवानपुर । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्राको सहमतिलाई नेकपा एकीकृत समाजवादीले चरम अवसरवाद भन्दै टिप्पणी गरेको छ । माओवादी केन्द्र नेतृत्वको सरकारमा रहेको एकीकृत समाजवादीले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएको हो । सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको नयाँ...

सानेपास्थित कांग्रेस मुख्यालय पुगे ओली

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजना गरेको ऐतिहासिक फोटो प्रदर्शनीमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी ओली सानेपा पुगेका छन् । कांग्रेस पार्टीको मुख्यालय सानेपामा आयोजित फोटो प्रदर्शनीमा ओली सहभागी भएका हुन् । फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।...

फेरियो गठबन्धनः कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्ने, रास्वपा बाहिरै बस्ने

काठमाडौँ । संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने गरी सहमति जुटेको छ । माओवादी केन्द्र नेतृत्वको सरकारमा रहेको एमालेले कांग्रेसको साथमा नयाँ सरकार गठन गर्ने भएको हो । दुई दलको सरकार बनेपछि निर्वाचन...