नेप्से सूचक ४७.०४ अंकले वृद्धि

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १६:००
file-photo

काठमाडौं । मंगलबार शेयर बजारमा वृद्धि आएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ०४ अंकले बढ्दै २१ सयको विन्दुमा अडिएको छ ।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ दशमलव ९४ अंकले बढ्दै ३७० दशमलव ७१ विन्दुमा उक्लिएको छ ।

४७ अंकले नेप्से बढेको आज ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

यस्तै, मंगलबार २२७ कम्पनीको सेयर मूल्य बढ्दा १७ वटाको मात्र घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको जनाइएको छ ।